नियम ४४
प्रमाणपत्रको नवीकरण
(१) प्रमाणपत्र नवीकरण गर्न चाहने मेलमिलापकर्ताले सो प्रमाणपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगावै देहायका विवरण खुलाई प्रमाणपत्र नवीकरणको लागि परिषद् समक्ष निवेदन दिनु पर्नेछः–
(क) आफु मेलमिलापकर्ता नियुक्त भएको मुद्दा वा विवादको संख्या,
(ख) आफुले मेलमिलापकर्ता भई मेलमिलाप गराएको वा गराउन नसकेको मुद्दा वा विवादको विवरण,
(ग) आफु कुनै मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थासँग आबद्ध रहेको भए सो र त्यस्तो संस्थाको नवीकरण सम्बन्धी विवरण ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा मेलमिलापकर्ताको प्रमाणपत्र नवीकरण गरिदिन मनासिव देखिएमा परिषद्ले नवीकरण वापत पाँचसय रुपैयाँ दस्तुर लिई तीन वर्षको लागि त्यस्तो प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ ।